लकडाउनको विरोध गर्दै धरानमा श्रमिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८२, बुधवार

लकडाउनको विरोध गर्दै धरानमा श्रमिक

सुनसरी । लकडाउनको विरोध गर्दै धरानका श्रमिक आन्दोलित भएका छन्। जिल्ला प्रशासन कार्यालय सुनसरीले धरानमा १० दिन निषेधाज्ञा गर्ने निर्णय गरेसँगै श्रमिक विरोधमा उत्रिएका हुन्। भदौ ४ गते देखि १३ गतेसम्मका लागि जारी आदेशमा औषधी पसलबाहेक सबै बजार पसल बन्द गर्ने निर्णय भए लगतै श्रमिक विरोधमा उत्रिएका हुन्।

लामो समयको महामारी र लकडाउनका कारण आर्थिक अभाव भोग्नुपरेको भन्दै उनीहरू सडकमा उत्रिएका हुन् । लकडाउन मान्न आफूहरू तयार नभएको कोरोना महामारी नियन्त्रण गर्न खोप सबैलाइ उपलब्ध गराउनु पर्ने लकडाउन नभएको उनिहरुले बताए ।

धरानका मेयर तिलक राईलाई श्रमिकले लकडाउनको निर्णय खारेज गर्न माग गर्दै ज्ञापन पत्र बुझाएका छन्। गरिखान देऊ, लकडाउन गर्न पाइँदैन, श्रमिकलाई मार्न पाइँदैन लेखिएका ब्यानर तथा प्ले कार्ड बोकेर श्रमिक प्रदर्शनमा उत्रिए। गरिबलाई न्याय दे, गरिब मारा लकडाउन बन्द गर भन्ने नारा लगाए मेयर राईविरुद्ध खनिएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);