इस्लामिक कानूनमा महिलाहरुको सुरक्षा, सम्मान र अधिकार सुरक्षित रहने : तालिबान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

इस्लामिक कानूनमा महिलाहरुको सुरक्षा, सम्मान र अधिकार सुरक्षित रहने : तालिबान

एजेन्सी । तालिबानले इस्लामिक कानूनमा पनि अफगानिस्तानमा महिलाहरुको अधिकार सुरक्षित रहने बताएको छ ।

इस्लामिक कानूनको फ्रेमवर्कमा रहेर अफगान महिलाहरुको सम्मान हुने तालिबानले जनाएको हो । गएको शनिबार अफगानिस्तानमा नियन्त्रण कायम गरेपछिको पहिलो पत्रकार सम्मेलनमा तालिबान प्रवक्ताले महिलाहरुलाई काम गर्न छुट दिइने बताएका हुन् ।

तर केही प्रतिबन्ध र नियमहरु भने लागु हुने बताईएको छ । तालिबानको शासनमा महिलाहरुको अवस्था नाजुक बन्ने र अधिकारहरु खोसिन सक्ने भन्दै अधिकारवादी समूहहरुले चिन्ता व्यक्त गरेका छन् ।

सन् १९९६ देखि २००१ सम्म अफगानिस्तानमा आफ्नो नियन्त्रण रहँदा तालिबानले शरिया कानून लागु गरेर इस्लामिक कानूनको कडा व्याख्या गर्दै गम्भीर दण्डको व्यवस्था गरेको थियो । त्यो बेला महिलाहरुले शरीर सबै ढाक्ने बुर्खा लगाउनु पर्ने तथा १० वर्ष र सो माथिका छात्राहरु विद्यालय जान नपाउने नियम लागु गरेको थियो ।

यसअघि तालिबानले अफगानिस्तान भर आममाफीको घोषणा गरेर आफ्नो सरकारमा महिलाहरु सामेल हुन् भन्ने चाहेको बताएको थियो । तालिबानले अफगान र अन्तर्राष्ट्रिय समुदायको मन तथा विश्वास जित्नका लागि उच्च तहको प्रचार अभियान चलाइरहेको विश्लेषकहरुले बताएका छन् ।

तालिबानको पछिल्ला सन्देशहरुप्रति अफगानिस्तान भित्र मिश्रित अवधारणा देखिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);