अफगानी फौजले लड्न नचाहेको लडाइँ अमेरिकी सैनिकहरू लड्न सक्दैनन् : बाइडन | ईमाउण्टेन समाचार

Our Network

फागुन १३ २०८१, मंगलबार

अफगानी फौजले लड्न नचाहेको लडाइँ अमेरिकी सैनिकहरू लड्न सक्दैनन् : बाइडन

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने निर्णयको बचाउ गरेका छन् ।

क्याम्प डेभिडबाट सोमबार ह्वाइट हाउस फर्केर अफगानिस्तानबारे सम्बोधन गर्दै बाइडनले अफगानिस्तानमा अमेरिकी सैन्य संलग्नता अहिले अन्त्य गर्नु उचित निर्णय थियो भन्ने पुष्टि गरेको बताएका छन् ।

बाइडनले अफगानिस्तानबाट अमेरिकी बहिर्गमनको निर्णयमा आफू “पूर्ण रूपमा” कटिबद्ध रहेको पनि बताएका छन् । उनले अफगानी फौजले उनीहरूकै लागि लड्न नचाहेको लडाइँ अमेरिकी सैनिकहरू लड्न सक्दैनन् र लड्नु र युद्धमा मर्नु हुँदैन भन्ने तर्क दिएका छन् ।

अमेरिकी सेनाले अफगानिस्तान छाडेको ४५ दिनमै तालिबानले पूरै अफगानिस्तान कब्जामा लिएको हो । तालिबानले महिनौँ अघिदेखि देशैभरि आफ्नो नियन्त्रण विस्तार सुरु गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);