चीन, रूस,टर्की र पाकिस्तानले अफगानीस्तानको काबुलस्थित आफ्ना दूतावास बन्द नगर्ने | ईमाउण्टेन समाचार

Our Network

फागुन १० २०८२, सोमबार

चीन, रूस,टर्की र पाकिस्तानले अफगानीस्तानको काबुलस्थित आफ्ना दूतावास बन्द नगर्ने

एजेन्सी । चीन, रूस,टर्की र पाकिस्तानले अफगानीस्तानको काबुलस्थित आफ्ना दूतावास बन्द नगर्ने स्पष्ट गरेका छन् । अमेरिकासहित पश्चिमा काबुलबाट आफ्ना कूटनीतिज्ञ र नागरिक फिर्ता लैजान सैनिक पठाइरहेका बेला ती मुलकहरुले दूतावासले सामान्य अवस्थामा झैं काम गरिरहने स्पष्ट गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

सोमबार चीनको विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले अफगानिस्तानमा रहेका आफ्ना नागरिकहरू केही फर्किसकेको र केही उतै बसिरहेको भन्दै आफ्ना दूतावास बन्द नगर्ने बताए । दूतावासमा रहेकाहरु सुरक्षित र नियमित सम्पर्क रहे प्रवक्ता हुआले जानकारी दिए ।

चीनले तालिबानहरूले यसअघि गरेको प्रतिवद्धताअनुसार वार्ताका माध्यमबाट खुला र समावेश सरकार बनाउने अपेक्षा गरेको छ । चीनको मुस्लिमबहुल प्रान्त सिन्जियाङसँग सीमा जोडिएको अफगानिस्तानमा तालिबानहरूले प्रभाव बढाउँदै लगेपछि यसअघि नै चीनले उसका अधिकारीहरूलाई बोलाएर छलफल गरेको थियो ।

गत महिना तालिबान प्रतिनिधिहरूले चिनियाँ विदेश मन्त्री वाङ यीसँग भेटेका थिए । यसैगरी रूसले तालिबान प्रतिनिधिहरूसँग कुरा गर्ने बताएको छ । टर्की र पाकिस्तानले पनि काबुलस्थित आफ्ना दूतावास बन्द नगर्ने बताएका छन् ।

Leave a Reply