एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ३६ हजार ८३ मा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी भारतमा पछिल्लो २४ घण्टामा संक्रमणका कारण मृत्यु भएको ४ सय १७ सहित कुल चार लाख ३१ हजार ६ सय ४२ ले ज्यान गुमाईसकेका छन् ।
भारतमा पछिल्लो २४ घण्टामा ३५ हजार ९ सय ९ संक्रमणमुक्त भएका छन् । योसँगै भारतमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ करोड १४ लाख ११ हजार ९ सय २४ पुगेको छ ।
भारतमा हाल सक्रिय संक्रमित ३ लाख ८१ हजार ९ सय ४७ रहेको छ ।
भारत सरकारले हालसम्म ५४ करोड ५८ लाख ५७ हजारभन्दा बढी नागरिकलाई कोरोनाविरूद्धको खोप लगाईसकेको छ ।




