काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १३ हजार ५ सय ७३ परीक्षण हुँदा २ हजार ६ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ८ हजार ६ सय ६७ पीसीआर परीक्षण मध्ये १ हजार ९ सय ४७ संक्रमण र ४ हजार ९ हजार ६ एन्टिजेन परीक्षण गर्दा ६ सय ७७ मा संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ३ सय २० जनाले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । योसंगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ८० हजार ८ सय १५ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा २० संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा १० हजार २ सय ५९ ले संक्रमणका कारण ज्यान गुमाईसकेका छन् ।




