इटहरीमा सिजनल इन्फेक्सनका विरामी बढ्दै | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

इटहरीमा सिजनल इन्फेक्सनका विरामी बढ्दै

विनोद आचार्य,
सुनसरी । सुनसरीको इटहरीमा केही सातायता कोरोना संक्रमितसंगै सिजनल इन्फेक्सन अर्थात् मौसमी रुघा, खोकीको विरामी पनि बढेका छन् । कोरोना भाइरसको सँग मिल्दो जुल्दो लक्षण भएका सिजनल इन्फेक्सनका छुट्याउन कठिन भएको छ ।

बर्खायाम सुरु भए सँगै सिजनल इन्फेक्सनको समस्या बढेको हो । अर्थात् मौसमी रुघा, खोकीको समस्या देखा पर्छ । कोरोना भाइरसको महामारीका कारण कुन कोरोना भाइरसको लक्ष्यण हो र कुन सिजनल इन्फेक्सनको हो भनेर छुट्याउन कठिन भएको छ ।

यी दुवैको लक्षण सामान्यतया उस्तै हुन्छ । सुनसरीको इटहरीमा केही सातायता कोरोना संक्रमित संगै सिजनल इन्फेक्सनका विरामी पनि बढेका छन् ।

इटहरीका सरकारी तथा संस्थागत अस्पतालमा पनि भाइराल ज्वोरोका विरामी बढेका छन् । यस्तै कोरोना परीक्षण गराउनेको संख्या पनि बढेको छ । कोरोना र सिजनल इन्फेक्सनको बीचको फरक रोगको समयवधिबाट छुट्याउन सकिने चिकित्सकले बताएका छन् ।

कोरोना भाइरसले मानिसका २ दिनदेखि दूई साता भित्रमा प्रभाव देखाउँछ भने सामान्य सिजनल इन्फेक्सनले एक सातासम्ममा प्रभाव देखाउने इटहरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.निशान शर्मा बन्जाराले जानकारी दिए ।

त्यसैगरी केही दिनयता कोरोना संक्रमित आनुपातिक रुपमा घटे पनि शून्य भने हुन नसकेको इटहरी आइसोलेसनका ईन्चार्ज शिवकुमार झाले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);