दीलीप शर्मा,
चितवन । भरतपुर बिमानस्थलको विशिष्ट कक्षमा आगलागी भएको छ । शनिबार बिहान ६ः४५ बजे विद्युत सर्ट भएर आगलागी भएको बिमानस्थलले जनाएको छ ।
बिमानस्थलका सूचना अधिकारी पुष्कलराज शर्माका अनुसार विशिष्ट कक्षमा भएको आगलागी ७ बजे नियन्त्रणमा आएको हो ।
आगलागीबाट विशिष्ट कक्ष पूर्णरुपमा क्षति भएको छ भने २ वटा एसी, ३ वटा सोफा, १ सेनिटाइजर बक्स जलेर नष्ट भएको छ । थप क्षतिको विवरण भने केन्द्रीय कार्यालयबाट प्राविधिक समूह आएर हेरेपछि मात्र भन्न सकिने उनले बताए ।