भारी वर्षाको कारण कपिलवस्तुसहित जिल्लाको जनजीवन प्रभावित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

भारी वर्षाको कारण कपिलवस्तुसहित जिल्लाको जनजीवन प्रभावित

कपिलवस्तु । बिहीबार राति देखि लागातार परेको भारी वर्षाका कारण कपिलवस्तु सहित छिमेकी जिल्ला अर्घाखाँची, रुपन्देही, पाल्पा, दाङ लगायतका जिल्लाको जनजीवन अस्तव्यस्त बनेको छ ।

बिहीबार राति १२ बजे देखि लागातार परेको वर्षका कारण जिल्लाका सबै ठाँउ जलमग्न देखिएका छन् । बाटो ,गल्ली, नहर सबै ठाँउहरुमा पानी भरीदा मनिसहरुको आवत जावतमा समेत असर परेको छ । मानिसहरु आफ्नो काम छाडेर घरमै बस्न बाध्य भएका छन ।

आज नाग पञ्मीको दिन नागको फोटो किन्न पनि जान नसकेकाले अझै घरमा नागको फोटो टास्न नपाएको बाणगंगा नगरपालिकाका एक स्थानीयले बताए ।

जिल्लास्थित पूर्व पश्चिम राजमार्गमा सवारी साधन पनि अघिल्लो दिनको तुलनमा निकै कम गुडिरहेका छन् । बाटो भरी अत्याधिक पानी जम्मा भएकोले सवारी साधन चलाउन पनि निकै गरो भएको एक सवारी चालकले बताए ।

त्यस्तै जल तथा मौसम विज्ञान विभागले जिल्लाको बाणगंगा नदीसहित अन्य स-साना नदीमा पानीको बहाब निकै बढेको र सतर्कताको तह पार गरिसकेको हुनाले तटिय क्षेत्रमा नजान र नदीको आसपासमा बस्ने बासीन्दालाई सतर्कता अपनाउन समेत आग्रह गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);