अफगानिस्तानबाट सेना फिर्ता बोलाउनुमा कुनै अफसोच नभएको: अमेरिकी राष्ट्रपति बाइडेन | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८१, बिहीबार

अफगानिस्तानबाट सेना फिर्ता बोलाउनुमा कुनै अफसोच नभएको: अमेरिकी राष्ट्रपति बाइडेन

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट सेना फिर्ता बोलाउनुमा कुनै अफसोच नभएको स्पष्ट गरेका छन् ।

राष्ट्रपति बाइडेनलले अफगानी नेतालाई एकजुट भएर ‘राष्ट्रका लागि लड्न’ अपिल गर्दै सेना फिर्ता बोलाउनुमा कुनै अफसोच नभएको स्पष्ट गरेका हुन् । अफगानीस्तानमा २० वर्ष लामो बसाइपछि अमेरिकी नेतृत्वको विदेशी सेना फिर्ता हुनथाले लगत्तै विद्रोही समूह तालिबानले आक्रमण बढाउँदै आएको छ ।

६ दिनमा ३४ मध्ये कम्तीमा ८ वटा प्रान्तीय राजधानीमा तालिबानले कब्जा जमाइसकेको छ । राष्ट्रपति बाइडेनले अफगानिस्तानसँग गरिएको वाचामा अमेरिका प्रतिबद्ध रहेको भन्दै हवाई र सुरक्षा उपकरण सहयोग भने जारी रहने बताउनु भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

्अरब मुलकका लागि अफगानीहरुले नै लड्नुपर्ने बाइडेनको भनाइ छ । तालिबानले अफगानीस्तानका ८ प्रान्तीय राजधानी कब्जा गरिसकेको छ ।

९० दिनभित्र राजधानी काबुल कब्जा गर्ने तालिवानको रणनीति रहेको भनिएको बेला बाइठेनको प्रतिक्रिया सार्वजनिक भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);