२४ घण्टा नबित्दै ८१ जना फरार अपराधी पक्राउ | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८०, मंगलबार

२४ घण्टा नबित्दै ८१ जना फरार अपराधी पक्राउ

कपिलवस्तु । कपिलवस्तु प्रहरीले मङगलबार विभिन्न मितिमा लागुऔषध, लुटपाट, कुटपिट, चेक अनादर, सवारी ज्यान, जुवा जस्ता कसुरमा संलग्न भई कपिलवस्तु जिल्ला अदालतले गरेको फैसलामा कसुरदार ठहरिएका जिल्लाभर विभिन्न अपराधमा संलग्न भई फरार रहेका ८१ जना फरार प्रतिबादीहरुलाई मङगलबार २४ घण्टाभित्रमा प्रहरीद्वारा पक्राउ गरिएको थियाे ।

फ्याप कार्यक्रम अन्तर्गत सूचना संकलन गरि एकै दिनमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख दान बहादुर कार्कीज्युले बताए ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुसँगै जिल्लाका विभिन्न इलाका प्रहरी कार्यालय क्रमशः कृष्णनगर, गणेशपुर, चन्द्रौटा, पिपरा, गोरुसिङगे, पकडीले सबैभन्दा धेरै फरार अपराधी पक्राउ गरेका छन् । यसरी पक्राउ गरिएका फरार प्रतिवादिहरुलाई फैसला बमोजिमको सजाय भुक्तानको लागि जिल्ला अदालत कपिलवस्तुमा उपस्थित गराईएको थियाे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);