काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार अलोकतान्त्रिक गठबन्धनको सरकार भएको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभाको अहिलेको सरकार कुनै जनादेशबाट आएको सरकार होइन अलोकतान्त्रिक गठबन्धनबाट आएको सरकार हो ।
यो सरकार लोकतान्त्रिक भन्न सकिंदैन, यो सरकार संवैधानिक भन्न सकिंदैन । यो सरकार सर्वसत्तावादी बन्ने मनसायबाट आएको सरकार हो ।’’ यो सरकारले आउने वित्तिकै भूमिहिनहरु माथि बञ्चरो चलाएको उनको आरोप लगाएको छ ।
भूमि सम्बन्धी समस्या समाधान गर्ने भूमि आयोग खारेज भएपनि सरकारको आलोचना तथा विरोध हुँदै आएको छ ।




