२४ घण्टामा २५ सय ४८ जना संक्रमित, ५५ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८१, आइतबार

२४ घण्टामा २५ सय ४८ जना संक्रमित, ५५ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १२ हजार ३ सय ७८ परीक्षण हुँदा २ हजार ५ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ९ हजार ३३ पीसीआर परीक्षण मध्ये २ हजार १ सय ३७ संक्रमण र ३ हजार ३ सय ४५ एन्टिजेन परीक्षण गर्दा ४ सय ४१ मा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २ हजार २९ जनाले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६९ हजार २ सय ९९ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा ५५ संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा १० हजार ९३ ले संक्रमणका कारण ज्यान गुमाईसकेका छन् ।

हाल नेपालमा ३५ हजार ४ सय ८५ सक्रिय संक्रमितहरु रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);