कोरिया जान रोकिएका नेपाली कामदारहरुलाई जाने व्यवस्था मिलाउन गंगा कुमारी बेलबासेको माग | ईमाउण्टेन समाचार

Our Network

असोज ५ २०८३, मंगलबार

कोरिया जान रोकिएका नेपाली कामदारहरुलाई जाने व्यवस्था मिलाउन गंगा कुमारी बेलबासेको माग

काठमाडौं । राष्ट्रिय सभा सदस्य गंगा कुमारी बेलबासेले कोरिया जान रोकिएका नेपाली कामदारहरुलाई कोरिया जाने व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छन् ।

शुक्रबारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य बेलबासेले वैदेशिक रोजगारीका लागि कोरिया जान लागेका कामदारहरु दुई देशबीचमा भएका समस्याहरुका कारण कोरिया जान नपाएको भन्दै उनीहरुलाई कोरिया जाने व्यवस्था मिलाउन सरकारसँग माग गरेकी हुन् ।

सदस्य बेलबासेले वैदेशिक रोजगारीमा जान लागेकाहरु क्युआर कोडको लागि, भ्याक्सिन र प्रमाणित कार्डको लागि विभिन्न ठाउँमा लाइन बस्न नपर्ने व्यवस्था गर्नको लागि पनि सरकारसँग आग्रह गरेकी छन् ।

Leave a Reply

ताजा समाचार