जयसिंह धामी घटनाको छानबिन गर्न गठित टोली भारतीय बाटो हुँदै घटनास्थल पुगेर फर्कियो | ईमाउण्टेन समाचार

Our Network

फागुन १७ २०८१, शनिबार

जयसिंह धामी घटनाको छानबिन गर्न गठित टोली भारतीय बाटो हुँदै घटनास्थल पुगेर फर्कियो

काठमाडाैं । महाकाली नदीमा वेपत्ता जयसिंह धामी घटनाको छानबिन गर्न गठित टोली भारतीय बाटो हुँदै घटनास्थल पुगेर फर्किएको छ ।


नेपाल र भारतका सुरक्षा अधिकारीसहित छानबिन टोली घटनास्थल निरीक्षण गरेर फर्किएको हो । व्यास गाउँपालिका–२ मालघाटको स्थलगत निरीक्षण गर्न नेपाली सुरक्षा अधिकारी र छानबिन समिति भारतीय एसएसबीसँगै घटनास्थल पुगेका थिए ।

गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको छानबिन टोलीले तुइन बाँधिएको रूखको नापजाँच लिएको छ । छानबिन समितिमा गृह मन्त्रालयका सहसचिव गौतम नेतृत्वमा सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रजिअ भट्ट सदस्य छन् ।

यस्तै छानबिन टोलीसँगै सशस्त्र प्रहरी ४४ नं गण दार्चुलाका गणपति नरेन्द्र बम तथा जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्ट र भारतका तर्फबाट भारतीय सीमा सुरक्षा बल एसएसबी कमान्डेन्ट महेन्द्रप्रताप सिंह नेतृत्वको टोली सहभागी थिए ।

छानबिन समितिले अव नेपालतर्फबाट स्थलगत निरीक्षण र पीडित परिवार भेट्ने योजना बनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);