ठाकुर पक्षलाई बिना हिचकिचाहट पार्टीमा फर्कन उपेन्द्र यादवको अपिल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८३, मंगलबार

ठाकुर पक्षलाई बिना हिचकिचाहट पार्टीमा फर्कन उपेन्द्र यादवको अपिल

काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुर पक्षलाई पार्टीमा फर्कन अपिल गरेका छन् ।

अध्यक्ष यादवले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै विगतमा निर्वाचन आयोगले पार्टी आधिकारिकताको निर्णय पूर्व पार्टीबाट अलग भएका वा अन्यत्र अलमलमा परेका नेताहरुलाई पार्टी मै फर्किन अपिल गरेका हुन् । अग्रगमन र वैकल्पिक शक्ति निर्माणको अभियानमा कतै अलमलमा नपरी विना हिचकिचाहट पार्टीमा फर्किन उनले आग्रह गरेका छन् ।

विज्ञप्तिमा लेखिएको छ –‘‘विगतमा निर्वाचन आयोगले पार्टीबारे आधिकारिकता सम्बन्धी निर्णय गर्नुपूर्व कुनै कारणले पार्टीबाट अलग हुन पुग्नुभएका वा अन्यत्र अलमलमा पर्नुभएका पार्टीका सम्पूर्ण साथीहरुलाई कतै अलमलमा नपरी बिना हिचकिचाहट जनता समाजवादी पार्टी, नेपालमा नै पुनः फर्किएर अग्रगमन र बैकल्पिक शक्ति निर्माणको महान अभियानमा साथसाथै अगाडी बढ्नु हुन हार्दिक अपिल गरिन्छ ।’’

साउन ११ गते निर्वाचन आयोगले जसपाका कार्यकारिणी सदस्यहरुको हेड काउन्टका आधारमा यादव पक्षलाई पार्टीको आधिकारिकता प्रदान गरेको थियो । ठाकुर पक्ष भने यस निर्णयले आफूहरुलाई मर्का परेको भन्दै सर्वोच्चमा पुगेको थियो । सर्वोच्चले सो रिटमा बुधबार सुनुवाइ गर्दै १५ दिनभित्र कारण देखाउ आदेश जारी गरेको छ ।

Leave a Reply

ताजा समाचार