साउन महिना पछि कोरोना संक्रमित संख्या घट्दै जाने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८१, सोमबार

साउन महिना पछि कोरोना संक्रमित संख्या घट्दै जाने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण

काठमाडौं । स्वास्थ्य मन्त्रालयले साउन महिना पछि कोरोना संक्रमित संख्या घट्दै जाने प्रक्षेपण गरेको छ । मन्त्रालयले साउन महिनामा कोरोना भाइरस संक्रमित सबै भन्दा बढी भई साउन पछि भने घट्दै जाने प्रक्षेपण गरेको हो ।

मन्त्रालयका अनुसार साउनमा मात्रै ५३ हजारभन्दा बढी नयाँ संक्रमित थपिने छ ।

बिहीबार स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहनीले संसदको शिक्षा स्वास्थ्य समितिमा पेश गरेको विवरणमा यस्तो उल्लेख गरिएको छ ।

समितिमा पेश गरेको विवरण अनुसार साउनदेखि मंसिरसम्म पाँच महिनाको अवधिमा एक लाख ९३ हजार ८ सय ५६ संक्रमित थपिने छ । जसमा साउनमा ५२ हजार ३ सय ७, भदौमा ४५ हजार ७ सय २६, असोज महिनामा ३८ हजार ५ सय ९७, कात्तिक महिनामा ३१ हजार ४४ र मंसिर महिनामा २५ हजार १ सय ८३ संक्रमित थपिने छन्।

विज्ञहरुले नेपालमा कोरोनाको दोश्रो लहर सेलाउन नपाउँदै तेस्रो लहर सुरु भएको विश्लेषण गरेका छन् । हाल अस्पतालहरु सबै बेड तथा आइसीयूहरु भरिभराउ हुन थालेपछि स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्नु पर्ने विज्ञहरुको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);