काठमाडौं । नेकपा एमाले नेता माधव कुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।
काठमाडौंको एक बैंक्वेटमा बसेको बैठकमा देशभरका नेपाल पक्षका नेताहरु सहभागी हुन आएका छन् । बुधबार नै बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक उपत्यका बाहिर रहेका नेताहरु आइनपुगेकाले स्थगित गरिएको थियो ।
यसअघि सोही स्थानमा बसेको स्थायी कमिटी बैठकले तय गरेको एजेण्डामा केन्द्रीय कमिटीको बैठकमा छलफल हुने नेताहरुले बताएका छन् ।
बैठकमा एमालेभित्रको एकता र भावी रणनीतिका विषयमा छलफल हुने बताइएको छ ।
यसै बैठकले एमाले विभाजन हुने वा एकता हुने विषयमा टुंगो लगाउने नेताहरुले बताएका छन् ।
यसैबीच एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आज बोलाएको बैठकमा सहभागी नहुन अध्यक्ष केपी शर्मा ओली पक्षले अपिल गरेको छ ।