एजेन्सी । जापानको टोकियोमा चलिरहेको ओलम्पिकमा चीनले स्वर्णको संख्या ३२ पुर्याएको छ ।
चीन ३२ स्वर्ण, २१ रजत र १६ कास्यसहित ६९ पदकका साथ तालिकाको शीर्ष स्थानमा छ । यस्तै दोस्रो स्थानमा रहेको अमेरिकाले २४ स्वर्ण, २८ रजत र २१ कास्य गरी ७३ पदक जितेको छ ।
तेस्रो स्थानको आयोजक राष्ट्र जापानले १९ स्वर्ण, ६ रजत र ११ कास्यसहित ३६ पदक जितेको छ । चौथो स्थानको अस्ट्रेलियाले १४ स्वर्णसहित कुल ३४ पदक जितेको छ । रुस ओलम्पिक कमिटीले १३ स्वर्ण, बेलायतले १३ न्युजिल्यान्ड, नेदरल्यान्ड,दक्षिण कोरिया र फ्रान्सले ६/६ स्वर्ण जितेका छन भने जर्मनीले ८ स्वर्ण जितेको छ ।
यस्तै चेक रिपब्लिकले चार÷चार स्वर्ण जितेका छन् । इटलीले ५ चाइनिज ताइपेइ २ हङ्गेरीले ४ स्लोभानिया र कोसोभोले दुई/दुई स्वर्ण जितेका छन् ।