पारसको सन्यास घोषणा र नेपाली क्रिकेटको भविष्यको प्रश्न | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

पारसको सन्यास घोषणा र नेपाली क्रिकेटको भविष्यको प्रश्न

सुजन चालिसे ,
काठमाडौं । मंगलबार बिहानै नेपाली क्रिकेटका पूर्व कप्तान पारस खड्काले दुई दशक लामो अन्तराष्ट्रिय क्रिकेट जीवनबाट सन्यास लिने घोषणा गरे । बाह्र वर्ष राष्ट्रिय क्रिकेट टोलीको नेतृत्व गरेका खड्कालाई नेपालको सबैभन्दा सफल कप्तान मानिन्छ ।

खड्काले आईसीसी क्रिकेट लिग डिभिजन ५ बाट खेल्दै नेपाललाई एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट मान्यता प्राप्त राष्ट्र बनाउन महत्वपूर्ण योगदान दिएका थिए । उनकै नेतृत्वमा नेपालले सन् २०१४ को टी–२० क्रिकेट विश्वकप समेत खेलेको थियो ।

नेपाली क्रिकेटका बलियो खम्बा मानिने खड्काको सन्यासको निर्णयले अहिले सम्पूर्ण नेपाली खेलप्रेमी दुःखी बनेका छन् । उनको सन्याससँगै अब नेपाली क्रिकेटले कस्तो गति लिन्छ भन्ने प्रश्न चिन्ह खडा भएको छ । हुन त सामाजिक सञ्जालमार्फत खड्काले क्रिकेटको भविष्यका लागि काम गरीरहने बताएका छन् । तर टोली बाहिर रहेर उनको भूमिका कत्तिको प्रभावकारी रहन सक्छ त्यो भने हेर्न बाँकी छ ।

पारसको अचानकको सन्यास घोषणा पश्चात् अहिले यसको कारणबारे विश्लेषण भइरहेको छ । क्यानको वर्तमान नेतृत्वसँग पारसको खासै राम्रो सम्बन्ध नरहेको कुरामा सबै खेलप्रेमी जानकार छन् । त्यस्तै पारसले आगामी दिनमा क्यानको नेतृत्वमा रहेर काम गर्ने पटक पटक बताएका छन् । जसका लागि क्यानको नेतृत्वसम्बन्धी विधानमा नेतृत्वमा आउनका लागि २ वर्ष अगाडि नै सक्रिय खेल जीवनबाट सन्यास लिनुपर्ने प्रावधान रहेकाले पारसले सन्यास लिएको हुनसक्ने विश्लेषण समेत भईरहेको छ ।

सन्यासको कारण जे भएपनि पारस खड्काको उपस्थितीले नेपाली क्रिकेट टोलीलाई दिने उर्जा र हौसलाको भने आगामी दिनमा अभाव हुने देखिएको छ । सन्यासको घोषणामा बताए जस्तै नेपाली क्रिकेटका लागि पारसको योगदानको आशा नेपाली क्रिकेटले सदैव गरीरहने छ । उनको प्रत्यक्ष वा परोक्ष सहयोगमा नेपाली क्रिकेटको भविष्य उज्वल भएको हेर्ने सबै नेपाली खेल प्रेमीको चाहना रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);