प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

भदौ २ २०८३, बुधवार

सिन्धुली । गोलन्जोर गाउँपालिका-७ खुर्कोट बजारस्थित ड्युटीमा खटिएको प्रहरीलाई नगद ५ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने सोलुखुम्बु महाकुलुङ गाउँपालिका-५ बस्ने ४५ वर्षीय सहुधन राइलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

सोलुबाट काठमाडौं आउँदै गरेको ना. १ ज ३५६६ नम्बरको सुमो उक्त ठाउँस्थित प्रहरी चेकपोष्टमा ईन्ट्री गर्ने क्रममा सुमो चालक राइले टाईम कार्ड भित्रराखी उक्त नगद राखी ड्युटीमा खटिएको प्रहरीलाई अवैध रुपमा दिन खोजेपछि उक्त नगद सहित उनलाई प्रहरीले पक्राउ
गरेको हो ।

घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply