प्रहरीलाई नै मुद्दा मिलाई दिए ५० हजार दिन्छु भनेपछि... | ईमाउण्टेन समाचार

Our Network

असोज ३० २०८३, शनिबार

प्रहरीलाई नै मुद्दा मिलाई दिए ५० हजार दिन्छु भनेपछि…

काठमाडौं । भक्तपुर, लागूऔषध मुद्दामा पक्राउ परेका व्यक्तिको मुद्दा मिलाई छुटाई दिएमा नगद ५० हजार रूपैयाँ दिन्छु भनी प्रहरीलाई आर्थिक प्रलोभनामा पार्न खोजेको अभियोगमा २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धादिङ गल्छी गाउँपालिका–५ बस्ने ४१ वर्षीय अर्जुन तामाङ र सोही ठाउँ बस्ने ३२ वर्षीय विरोध तामाङ रहेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरको कार्यालय परिसरमा खटिएको प्रहरीलाई फोन सम्पर्क गरी लागूऔषध मुद्दाको अनुसन्धानमा उक्त कार्यालयमा नियन्त्रणमा रहेका अभियुक्तको मुद्दा मिलाई छुटाइदिएमा नगद ५० हजार रूपैयाँ दिन्छु भनी प्रलोभनमा पार्न खोजी सो कार्यालयमा आएका उनीहरूलाई नगद ५७ हजार ५ सय रूपैयाँ र २ थान मोबाइल फोन सहित प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

ताजा समाचार