मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिजुलीको पोल सहित ७ जनालाई पक्राउ गरेको छ ।
शुक्रबार राति करिब साढे एक बजे पूर्वि मकवानपुरको बागमति गाउँपालिका वडा नं १ हात्तिढुंगे स्थित बाटोको छेउमा राखिएको फलामको २७ थान बिजुलीको पोल चोरी गरेर फरार ७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरी टोलिले धरान चतारा सडक खण्ड स्थित बागमति गाउँपालिका वडा नं ४ झुरझुरे बाट बिजुलीको पोल लोड गरेको मे १ ख २५०३ नम्बरको ट्रक र अन टेस्ट मोटर साईकल सहित ७ जनालाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक तथा प्रवत्ता देवेन्द्र दासले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा ट्रक चालक काभ्रेपलान्चोक मण्डन देवपुर नगरपालिका वडा नम्बर १ का ३० बर्षिय जयराम सापकोटा, ट्रकमा सवारहरु उदयपुर घर भई हाल मध्यपुर ठिमि नगरपालिका वडा नम्बर १ का ३१ बर्षिय विवेक पोखरेल, संखुवासभा खादँबारी नगरपालिका वडा नम्बर ७ का २७ बर्षिय हरी नेपाल, मकवानपुर बागमती गाउँपालिका वडा नम्बर ७ का ३० वर्षीय सुरेश लामा, २२ वर्षीय उमेश लामा रहेका छन ।
त्यस्तै मोटर साईकल चालक र सवार रौतहट चन्द्रपुर नगरपालिका वडा नम्बर. ३ का ३२ वर्षीय धन बहादुर लामा र ४० बर्षिय देव पौडेल रहेका छन । उनिहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखि थप अनुसन्धान थालिएको प्रवत्ता दासले जानकारी दिए ।