नेता नेपाल पक्षका नेताहरुको आग्रहमा बैठक स्थगित, एकता विषयमा टुंगो लगाउन आइतबारसम्मको समय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नेता नेपाल पक्षका नेताहरुको आग्रहमा बैठक स्थगित, एकता विषयमा टुंगो लगाउन आइतबारसम्मको समय

काठमाडौं । नेकपा एमालेका नेता माधव नेपाल पक्षका नेताहरूको आग्रहमा एमाले स्थायी कमिटी बैठक आइतबारसम्मलाई स्थगित गरिएको छ ।

आज ३ बजेका लागि आह्वान गरिएको स्थायी कमिटी बैठक आइतबारसम्मका लागि स्थगित गरिएको हो । यसअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई लामो समयसम्म अनिर्णयको बन्दी बनाएर राख्न नहुने भन्दै आजका लागि बैठक बोलाएका थिए ।

यसअघि शनिबार नै विघटिन कार्यदलको बैठकले सकेसम्म छिटो १० बुँदे सहमति कार्यान्वय गरी पार्टी एकता टुंगो लगाउने निष्कर्ष निकालेको थियो ।

यसैक्रममा नेपाल पक्षका नेताहरुले आजको बैठक स्थगित गर्न आग्रह गरेपछि बैठक आइतबारसम्मका लागि स्थगित गरिएको हो । आइतबार दिउँसोसम्म पनि टुंगो नलागेमा नेता नेपाललाई नपर्खिने नेताहरुको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);