काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ९ हजार २ सय ६३ पीसीआर परीक्षणबाट २ हजार २ सय ८० संक्रमित र ४ हजार २ सय ५६ एन्टिजेन परीक्षणबाट ८ सय २६ मा संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ९ सय १६ ले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ५४ हजार १ सय ७७ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा २३ संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ९ हजार ८ सय ५७ ले संक्रमणका कारण ज्यान गुमाईसकेका छन् ।