नियन्त्रित लागूऔषध सहित एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नियन्त्रित लागूऔषध सहित एक जना पक्राउ

नवलपरासी । कावासोती नगरपालिका २ फलफूलचोकस्थित सडकबाट नियन्त्रित लागूऔषध ५५ एम्पुल नुफिन, ५५ एम्पुल फेनारगन, ५५ एम्पुल डाइजेपाम सहित कास्की लेखनाथ नगरपालिका ३३ बस्ने १९ वर्षीय विश्वास रानाभाटलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)बाट खटिएको प्रहरीले लु।१ ख ६८१४ नम्बरको बसलाई जाँच गर्नेक्रममा बसमा सवार विश्वासले बोकेको झोलाभित्रबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);