काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले छानबिनको माग गर्दै अखिल नेपाल फुटबल संघ एन्फामा निवेदन दर्ता गराएका छन् ।
केही दिन अघि राजीनामा दिने घोषणा गरेका प्रशिक्षक अलमुताइरीले बिहीबार एन्फामा छानविनको माग गर्दै निवेदन दर्ता गराएको हुन् । उनले वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ र दुई सञ्चारकर्मीसँको विवादबारे छानविन गर्न माग गर्दै निवेदन दर्ता गराएका हुन् ।
प्रशिक्षक अलमुताइरीले गएको आइतबार सामाजिक संजाल फेसबुकबाट वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङका कारण देखाउँदै राजीनामा दिने घोषणा गरेका थिए ।
यता, नेम्बाङले भने अलमुताइरीको आरोपको खण्डन गर्दै छानबिन गर्न एन्फालाई निवेदन दर्ता बुझाइसकेका छन् ।
यस सम्बन्धमा छलफल गर्न एन्फाले शुक्रबार बस्ने गरी कार्यसमितिको आकस्मिक बैठक बोलाईसकेको छ ।