पर्यटन मन्त्री किराँतीको राजीनामा माग गर्दै युवराज सफलले गरे निवदेन दर्ता | ईमाउण्टेन समाचार

Our Network

साउन ३० २०८३, आइतबार

पर्यटन मन्त्री किराँतीको राजीनामा माग गर्दै युवराज सफलले गरे निवदेन दर्ता

काठमाडौं,८ पुस । सामाजिक अभियन्ता युवराज सफलले संस्कृति,पर्यटन तथा नागरिक उड्ड्ययन मन्त्री सुदन किराँतीलाई निलम्बन गर्न माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा निवेदन दर्ता गराएका छन् ।

“कृश्चियन मान्दिन भन्नू संविधान मान्दिन भन्नू हो,संविधान मान्दिन भन्नु देशद्रोह गर्नु हो ,देशद्रोह गर्नेलाई जेल हाल्छु भनेर सार्वजनिक अभिव्यक्ति दिने माननीय संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रीले नेपालको संविधान २०७२ को धारा ४ को संवैधानिक उलंघन गरेकोले नैतिकताको आधारमा राजीनामा गराउन वा पदमुक्त गर्न माग गर्दै सम्माननीय प्रधानमन्त्री ज्यूको नीजी सचिवालयमा निवेदन दर्ता गरियो ।”–सफलले सामाजिक सञ्जालमा लेखेका छन् ।

Leave a Reply