कपिलवस्तुमा ७० हजारले खोप लगाए, ज्येष्ठ नागरिकलाई कोभिशिल्डको दोश्रो डोज आउँदै | ईमाउण्टेन समाचार

Our Network

असोज २२ २०८१, मंगलबार

कपिलवस्तुमा ७० हजारले खोप लगाए, ज्येष्ठ नागरिकलाई कोभिशिल्डको दोश्रो डोज आउँदै

शम्भु माली,

कपिलवस्तु । ६ लाख जनसंख्या भएको कपिलवस्तुमा हालसम्म ७० हजार बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय कपिलवस्तुले अहिलेसम्म सबै प्रकारका खोप गरी ७० हजार बढीले खोप लगाएको जनाएको छ । कपिलवस्तुका कोरोना फोकल पर्सन उमेश घिमिरेले अहिलेसम्म सबैभन्दा बढी चीनबाट आएको भेरोसेल खोप लगाइएको जानकारी दिए ।

जिल्लामा ९ हजार पाँच सयले भेरोसेलको दुबै डोज र ३३ हजार ७ सय ६० जनाले पहिलो डोज लगाएका छन् भने कोभिशिल्डको दोश्रो डोज १० हजारले लगाएका छन् ।

अहिले वैदेशिक रोजगारीमा जानेहरुलाई तौलिहवा अस्पतालबाट अमेरिकाबाट ल्याइएको जोन्सन एण्ड जोन्सन खोप लगाउन लागिएको उनले बताए ।

तर जिल्लाका ३५ हजार जनाले कोभिशिल्डको दोश्रो डोज नपाएको घिमिरे जानकारी दिए । गत फागुन २३ गते कोभिशिल्ड खोप लगाएका ज्येष्ठ नागरिकले अब एक हप्तासम्ममा दोश्रो डोज खोप लगाउने सम्भावना रहेको घिमिरेले जानकारी दिए । मिति तोकिएपछि आएर ढुक्कसंग लगाउनू उनले आग्रह गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);