हावादारी योजना नल्याउन प्रधानमन्त्री देउवालाई नेता नेपालको सुझाव | ईमाउण्टेन समाचार

Our Network

मंसिर २० २०८१, बिहीबार

हावादारी योजना नल्याउन प्रधानमन्त्री देउवालाई नेता नेपालको सुझाव

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई हावादारी योजना नल्याउन आफूले सुझाव दिएको बताएका छन् ।

नेता नेपालले भ्रष्टाचार मुक्त नेपाल बनाउने कामलाई पहिलो प्राथमिकतामा राख्न सुझाव दिंदै यस्तो जानकारी दिएका हुन् ।

४३ औं पुष्पलाल स्मृति दिवसको अवसर पारेर बिहीबार काठमाडौंको चम्पादेवीस्थित पुष्पलाल स्मृति पार्कमा आयोजित एक कार्यक्रममा बोल्दै नेता नेपालले आम जनतालाई कोरोना खोपको आवश्यक व्यवस्था मिलाउन सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् ।

नेता नेपालले बाढी, पहिरो र डुबानबाट आक्रान्त जनताको पीडालाई पनि तत्काल सम्बोधन गरी हुने राहतको प्रबन्ध गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरे ।

नेता नेपालले भने “आम जनतालाई खोप उपलब्ध गराउने, उपचारको व्यवस्था देखि लिएर बाढि, पहिरो र डुबानका कारण भोकले पीडित भएका जनताको निम्ति आवश्यक प्रबन्ध गर्ने कुरामा संवेदनशील भएर अगाढि बढनुहोस् भनेर प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । हाम्रो राजनीतिको केन्द्र विन्दु नै जनता हुन ।”

वरिष्ठ नेता नेपालले भ्रष्टाचारले मुलुक आक्रान्त बनाएकाले त्यसको अन्त्य गर्न सरकार केन्द्रित हुनुपर्ने स्पष्ट पारे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);