बैंकहरुको सुरक्षा व्यवस्थाप्रति ढुक्क हुन राष्ट्र बैंकको आग्रह | ईमाउण्टेन समाचार

Our Network

माघ २७ २०८२, मंगलबार

बैंकहरुको सुरक्षा व्यवस्थाप्रति ढुक्क हुन राष्ट्र बैंकको आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकले अहिलेसम्म नेपालका सबै बैंक तथा वित्तीय संस्थाका प्रणालीहरू सुरक्षित रहेको स्पष्ट गरेको छ ।

अपरिचित व्यक्तिबाट नेपालका १५ वटा बैंकको सिस्टम ह्याकिङ गरी पैसा चोरी गर्ने चेतावनी आएका सन्दर्भमा राष्ट्र बैंकले बैंकहरुको सुरक्षा व्यवस्थाप्रति ढुक्क हुन आग्रहसमेत गरेको छ ।

यो पनि पढ्नुहोस

यी १५ बैंकका सिस्टम ह्याक गरिने अन्तर्राष्ट्रिय बैंक ह्याकरको चेतावनी

इनिसियल सेक्युरिटी एसेसमन्ट रिपोर्टका आधारमा अहिलेसम्म सबै सिस्टम सुरक्षित रहेको राष्ट्र बैंकको भनाइ छ । सम्भावित जोखिमबारे पनि थप अनुसन्धान भइरहेकाले ढुक्क हुन राष्ट्र बैंकले सर्वसाधारणलाई अपिल गरेको छ ।

बुधबार नेपाल राष्ट्र बैंकसहित १५ वटा बैंकको सिस्टम ह्याक गरी पैसा चोर्ने चेतावनी दिँदै ती संस्थाका उच्च अधिकारीहरूलाई अपरिचित नम्बरबाट फोन र इमेल आएको थियो । ह्याकरले बुधबार राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल, सहप्रवक्ता नारायण पोखरेल र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहको इमेलमा राष्ट्र बैंकसहित १५ वटा बैंकको सिस्टम ह्याक गर्ने उल्लेख छ ।

राष्ट्र बैंकबाट जानकारी आएपछि आफूहरू सतर्क अवस्थामा रहेको र कुनै गडबडी नदेखिएको सम्बद्ध बैंकहरूले जनाएका छन् ।

ह्याकरले बुधबार पठाएको पत्रमा राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक, एनएमबी बैंक, एनआईसी एसिया बैंक, बैंक अफ काठमान्डू, सिटिजन्स इन्टरनेसनल बैंक, सानिमा बैंक, एभरेस्ट बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र हिमालयन बैंकको नाम उल्लेख छ ।

Leave a Reply