सुनुवाइका क्रममा जसपा दुवै पक्षबाट पार्टी आधिकारीकताको दाबी | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८२, बुधवार

सुनुवाइका क्रममा जसपा दुवै पक्षबाट पार्टी आधिकारीकताको दाबी

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव दुवैले पार्टीको आधिकारिकतामा दाबी गरेका छन्। आइतबार निर्वाचन आयोगमा भएको सुनुवाइका क्रममा दुवै पक्षले पार्टी आधिकारीकताको दाबी गरेका हुन् ।

आयोगमा पुगेर दुवै पक्षका नेताहरुले पार्टीको नाम, चिह्न आफूहरुले पाउनुपर्ने माग गर्दै पार्टीका दुवै पक्षले आफूहरुसँग बहुमत कार्यकारीणी सदस्य रहेको समेत दाबी गरेका छन् । आयोगको सुनुवाइपछि जसपा अध्यक्ष यादव पक्षका नेता महेन्द्र राय यादवले पार्टी आधिकारिकताका बारेमा भएको माग दाबीमा पार्टीको विधानअनुसार टुङ्गो लगाउनुपर्नेमा जोड दिएका छन्।

यता अर्को अध्यक्ष ठाकुर पक्षका नेता लक्ष्मणलाल कर्णले अर्को पक्षको दाबी कानुनसम्वत नरहेको दाबी गरेका छन् । आयोगले जसपाका बारेमा छिटै निर्णय गर्नुपर्ने उनको जोड रहेको छ। पार्टीको आधिकारिकता विवाद निरुपणका लागि राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३–४४ अन्तर्गत आयोगले सुनुवाइ गर्ने भएको हो।

आयोगले सुनुवाइका लागि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा आयुक्तहरुको ५ सदस्यीय इजलास गठन गरेको छ ।

Leave a Reply

ताजा समाचार