एजेन्सी । लगातारको वर्षाका कारण आएको बाढीका कारण पश्चिम युरोपमा २० भन्दाबढीको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । पश्चिमी युरोपमा बुधबारदेखि भएको भारी वर्षाका कारण जर्मनी र बेल्जियममा गरी २० भन्दा बढीको मृत्यु भएको छ भने दर्जनौँ घाइते र कयौँ बेपत्ता छन् ।
भारी वर्षाले कारण नदीका किनारहरु फुटेका छन्, कयौँ घरहरु भत्काएका छन् । पश्चिम जर्मनीको युश्क्रिचन क्षेत्रका प्रशासनका अनुसार बिहीबार मात्रै बाढीका कारण ८ जनाको मृत्यु भएको बताएको छ । बाढीका कारण फोन तथा इन्टरनेटको सम्पर्क टुट्दा उद्धार कार्यमा प्रभाव परेको स्थानीय प्रशासनले जनाएको छ ।
त्यसैगरी अन्य शहरहरुमा पनि धेरैले ज्यान गुमाई रहेका छन् भने कयौँ बेपत्ता रहेका छन् । बाढीले दर्जनौँ घरहरु डुवानमा परेका छन् र दर्जनौ उद्धारको पर्खाइमा घरका छानाहरुमा बन्धक बनेका छन् । जर्मनीले दुई सयभन्दा बढी सेनालाई उद्धारमा खटाएको छ ।