अरनिको राजमार्ग अन्तर्गत कोदारी सडक खण्ड सञ्चालनमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

अरनिको राजमार्ग अन्तर्गत कोदारी सडक खण्ड सञ्चालनमा

सिन्धुपाल्चोक । बाढी पहिराका कारण चार सातादेखि अवरुद्ध अरनिको राजमार्ग अन्तर्गत कोदारी सडक खण्ड मङ्गलबार बेलुकादेखि सवारी साधन सञ्चालनमा आएको छ ।

चीनसँगको प्रमुख व्यापारिक नाकाका रूपमा रहेको सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत तातोपानीको कोदारीमा असार ५ गते भोटेकोशी बाढीले कटान तथा पहिराले ५० मिटर सडकमा क्षति पु-याएको थियो । 

अवरुद्ध सडकलाई अस्थायी ट्रर्याक निर्माण गरी सवारी साधन सञ्चालनमा आएको डिभिजन सडक कार्यालय दोलखाका इञ्जीनियर गोविन्द डुमरीले जानकारी दिए ।

दुई ठाउँको सडक अवरुद्धले चीनबाट आयात भएका सामान लामो समयदेखि बाटोमै रोकिएको हुँदा राजश्वमा समेत असर परेको तातोपानी भन्सार कार्यालयले जानकारी दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);