पाल्पा । पाल्पामा ट्याक्टरले च्यापेर चालकको मृत्यु भएको छ । जिल्लाको तिनाउँ गाउँपालिका –२ सिस्नेरी स्थित दोभान सिस्नेरी भित्री कच्ची सडक खण्डमा दोभानबाट सिस्नेरीतर्फ जाँदै गरेको लु २ त २५३ नं.को ट्रली जडान नभएको खाली ट्याक्टर दुर्घटना भई टायरले च्याप्न पुग्दा चालकको मृत्यु भएको हो ।
ट्याक्टरको अगाडिको दायाँतर्फको टायर फुस्किन गई अनियन्त्रत हुँदा सडकबाट अन्दाजी ७ मिटर तल खोल्सामा खस्न गई ट्याक्टरले च्याप्दा चालक सोही ठाउँका ३८ वर्षीय दुर्गाबहादुर गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गाहालाई ट्याक्टरले च्याप्न जाँदा घटनास्थलमा मृत्यु भएको हो । दुर्घटनामा सहचालक ४२ वर्षीय एकबहादुर थापा भने घाईते भएका छन् । घाईते उनलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको छ । उनको अवस्था सामन्य रहेको प्रहरीले जनाएको छ ।