हाइटीका राष्ट्रपति मोइसको हत्यामा २८ जना संलग्न भएको हाइटी प्रहरीकाे दावी | ईमाउण्टेन समाचार

Our Network

माघ १७ २०८१, बिहीबार

हाइटीका राष्ट्रपति मोइसको हत्यामा २८ जना संलग्न भएको हाइटी प्रहरीकाे दावी

एजेन्सी । हाइटीका राष्ट्रपति जोभिनल मोइसको हत्यामा २८ जना व्यक्ति संलग्न भएको हाइटी प्रहरीले दावी गरेको छ । राष्ट्रपति जोभिनल मोइसको हत्यामा २६ जना कोलम्बियाली तथा २ जना हाइटी अमेरिकी रहेको प्रहरीले दावी गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले ले जनाएका छन् ।

ती मध्ये ३ जनाको प्रहरीको गोली लागेर मृत्यु भएको छ । हाइटी प्रहरीका निर्देशक लियोन चाल्र्सले १५ कोलम्बियाली र दुई हाईटियन अमेरिकीलाई पक्राउ गरेको जानकारी दिएका छन । बुधबार हतियारधारीको समूहले राजधानी पोर्ट–ओ–प्रिन्सस्थित राष्ट्रपति भवनमा तोडफोड गर्दै ५३ वर्षीय राष्ट्रपति जोभिनल मोइस र पत्नी मार्टिना मोइसलाई गोली प्रहार गरेका थिए।

१२ वटा गोली लागेका राष्ट्रपति मोइसको घटनास्थलमै मृत्यु भएको थियो । गम्भीर घाइते भएकी श्रीमती मार्टिनाको उपचार भइरहेको र अवस्था स्थिर रहेको बताइएको छ। राष्ट्रपतिका तीन सन्तानहरु भने सुरक्षित ठाउँमा रहेको जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);