ब्राउन सुगरसहित ३ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८२, शुक्रबार

ब्राउन सुगरसहित ३ जना पक्राउ

झापा । मोरङको बेलबारी नगरपालिका–१ गाँईघाट टोलबाट लागूऔषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ४६ बर्षीय बुद्धीमान तामाङ र धनकुटा हिलेका दुई जना महिला रहेका छन् ।

बिहीबार साँझ साढे ५ बजे लागूऔषध ब्राउन सुगरको कारोबार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले तामाङकै घरबाट तामाङ सहित ३ जनालाई ब्राउन सुगर सेवन गरिरहेको अबस्थामा पक्राउ गरेको थियो ।

प्रहरीले तामाङको घरमा खानतालासी गर्दा धानको भकारी भित्र लुकाई राखेको लागूऔषध ब्राउन सुगर १३ ग्राम ५४० मिलिग्राम फेला पारेको थियो। पक्राउ परेका तिनै जना उपर ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको प्रदेश प्रहरीले जनाएको छ ।

Leave a Reply