नेताहरुको अडानका कारण एमाले एकतामा सकस, बैठक आज पनि बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

नेताहरुको अडानका कारण एमाले एकतामा सकस, बैठक आज पनि बस्दै

काठमाडाैँ । नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक कुनै ठोस निर्णय विना नै सकिएको थियाे ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बिहीबार साँझ दोस्रो पटक बसेको बैठकले पनि कुनै निष्कर्ष निकाल्न नसकेपछि आजका लागि भन्दै स्थगित भएको हो ।

बिहिबार पहिलो पटक बसेको बैठक पछि दुवै पक्षका नेताले बैठक सकारात्मक भएको प्रतिक्रिया दिएका थिए । तर साँझ बसेको बैठकपछि भने एमाले उपमहासचिव एवम् कार्यदलका सदस्य घनश्याम भुसालले बैठकमा कुनै प्रगति नभएको बताएकाे छ । भूसालले १० दिनदेखि पार्टी विवाद मिलाउने विषयमा कुनै प्रगति नभएको समेत प्रतिकृया दिएकाे थियो ।

बिहिबार साँझको बैठकमा एमाले उपमहासचिव एवम् अर्थमन्त्री विष्णु पौडेल सहभागि नभएपछि आज बिहान साढे ११ बजे बस्ने गरि बैठक सकिएको भूसालको भनाई थियो ।

यद्यपि ओली पक्षका कार्यदल संयोजक एवम् स्थायी कमिटी सदस्य सुवास नेम्वाङले बैठक सकारात्मक भएको दाबी गरेका छन् । उनले आज बस्ने बैठकले विवादलाई निश्कर्षमा पु-याउने प्रतिक्रिया दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);