पूर्ण खोप जिल्ला घोषणा हुँदै कपिलवस्तु | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८३, शनिबार

पूर्ण खोप जिल्ला घोषणा हुँदै कपिलवस्तु

कपिलवस्तु । लामो प्रयासपछि कपिलवस्तु पूर्ण खोप जिल्ला हुने भएको छ।

जिल्लामा रहेको १६ देखि २२ महिनाका सबै बालबालिकाहरु खोपको पहुचमा पुगे पछि आज असार २३ गते कपिलवस्तु पूर्ण खोप जिल्ला घोषणा हुने निश्तित भएको हो।

लुम्बिनी प्रदेशको १० औं र नेपालको ६० औं जिल्लाकारुपमा कपिलवस्तु पूर्ण खोप हुन घोषणा हुन लागेको हो। जिल्ला खोप समन्वय समितिको सिफारिसलाई प्रदेश खोप समन्वय समिति हुँदै स्वास्थ्य मन्त्रालयले समेत स्विकृत गरे पछि कपिलवस्तु पूर्ण खोप हुन लागेको हो।

स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेयले जिल्लाका १० वटै पालिका पूर्ण खोप सुनिश्चित घोषणा भए लगत्तै कपिलवस्तु पूर्ण खोप जिल्ला घोषण हुन लागेको बताए। जिल्लामा १६ देखि २३ वर्ष सम्मका ६ हजार ७३९ जनालाई खोप लगाई सकिएको छ। यस्तै २ वर्षमुनीका २६ हजार ९५४ जनालाई समेत विभिन्न १२ वटा रोग बिरुद्ध खोप लगाई सकिएको स्वास्थ्य कार्यालयका खोप अधिकृत चिन्तामणि ज्ञवालीलीले बताए।

एक वर्ष देखिको लामो प्रयास पछि कपिलवस्तु पूर्ण खोप जिल्ला हुन लागेका उनले बताए। स्वास्थ्य मन्त्री भोजप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यातमा आज असार २३ गते कपिलवस्तु नगरपालिको सभा हलमा पूर्ण खोप घोषणाको कार्यक्रम रहेको उनले बताए।

Leave a Reply

ताजा समाचार

Expert Guide to Football Lineup Prediction

९ घन्टा अघि

The Complete Guide to Betting Site Bonuses

९ घन्टा अघि

Duel Bet: The Casino Showdown

९ घन्टा अघि