कैलाली । धनगढी उपमहानगरपालिका(१६ बस्ने ५० वर्षीय मईतु राम डगौरालाई ५ केजी ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उनले आफ्नै घरमा गाँजा सुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट वेहडाबाबाबाट खटिएको प्रहरीले उक्त परिमाणको लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।