एजेन्सी । उत्तर कोरियामा बढ्दै गएको खाद्यसंकटप्रति संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ ।
राष्ट्रसंघको सुरक्षापरिषदले कोरोना महामारीका कारण चीनसँगको सीमा बन्द रहेकाले उत्तर कोरियामा भोकमरी सुरु भएको भन्दै चिन्ता व्यक्त गरेको हो । लामो समयको खडेरीका कारण उत्तर कोरियामा सन् १९९० को दशकको भोकमरी पुनरावृत्ति हुने अनुमान समेत गरिएको छ ।
उत्तर कोरियाली नेता किम जोङ उनले केही दिनअघि आफ्नो मुलुकले खाद्यान्नको थप संकट व्यहोर्नुपर्ने स्वीकार गरेपछि बिभिन्न देशहरुले चिन्ता व्यक्त गर्दै आएका छन् । उत्तर कोरियाको सरकारी सञ्चारमध्यमका अनुसार गत वर्ष मौसम प्रतिकूल नहुँदा कृषिमा अपेक्षा अनुसारको उत्पादन नभएकाले खाद्य संकट देखा परेको हो ।
लण्डनस्थित एसओएस विश्वविद्यालयले गरेका एक अध्ययन अनुसार उत्तर कोरियामा भोकमरीका कारण गर्भवती महिला, बालबालिका र वृद्धवृद्धा सबैभन्दा बढी प्रभावित भएका छन् ।