काठमाडौँ। राष्ट्रियसभा सञ्चालनबारे विपक्षी दलका सांसहरुले राष्ट्रियसभाको आठौ अधिवेशनमा सरकारका कामकारवाहीबारे प्रश्न उठाउने भएका छन् । बिहिबारराष्ट्रियसभाको आठौ अधिवेशनको पहिलो बैठकबाट बाहिरिदै गर्दा संञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै नेकपा माओवादी केन्द्रका राष्ट्रियसभा सदस्यलेअधिवेशनमा सरकारका गलत कार्यविरुद्ध कडा र प्रभावकारी ढंगले प्रश्न उठाउने बताएका हुन् ।
प्रतिनिधिसभा पनि नभएको र मुलुकमा राजनीतिक लगायत विभिन्न क्षेत्रमा समस्या देखिएको भन्दै ती सबै विषय र जनताका सवालहरुबारे अधिवेशनमा सरकारसंग जवाफ माग्दै गलत निर्णयको जवाफ खोज्नु पर्ने तर्क गरेका छन् । राष्ट्रियसभा सदस्य रामनारायण विडारीले राष्ट्रियसभा भनेको एड्भाईजरी काउन्सिल जस्तो सभा पनि भएकाले सरकारले गरेका कामकारवाहीको आलोचना गरेर सुझाव दिन सक्ने बताएका छन् ।
प्रतिनिधिसभा नभएको बेलामा राष्ट्रियसभा झन महत्वपुर्ण हुने भन्दै प्रधानमन्त्रीले गरेको ज्यादती, राष्ट्रपतिबाट भएका गलत कामहरुबारे सभामा प्रश्न उठाउने बताए ।नेकपा माओवादी केन्द्रका दिनानाथ शर्माले मुलुकमा अहिले देखिएका विकृतिह?, विसंगतिह? राष्ट्रियताका समस्याह? , संविधानमाथि भएका समस्याह? र लोकतन्त्रमाथि आएका खतराका विषयमा पनि राष्ट्रियसभामा शसक्त आवाज उठाउने बताएका छन् ।
उनले समसामयिक विषयहरुलाई राष्ट्रियसभाबाट शसक्त रुपमा प्रस्तुत गरेर प्रभावकारी बनाउनका लागि आफूहरुले प्रतिपक्षको भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले सभामा रहेका विधेयकहरुलाई टुंग्याउने तथा जनताका समस्या राख्ने थलोकोरुपमा प्रयोग गरिनुपर्ने तर्क गरेका छन् । सरकारले बिजनेस नभएको भन्दै दुईचारदिन मात्रै बैठक चलाएर अधिवेशन अन्त्य गर्ने गरेको भन्दै आपत्ती प्रकट गरे ।
यता, जनता समाजवादी पार्टी नेपालका राष्ट्रियसभा सदस्य शेखर कुमार सिंहले राष्ट्रियसभाले पनि आफ्नै उपलब्धिमुलक कामहरु गर्न सक्ने बताएका छन् । उनले उपल्लो तहको सदनको परिकल्पना गरेको भन्दै अधिवेशन सफल पार्नुपर्नेमा जोड दिएका छन् ।