निर्वाचनको विरोध गर्ने विपक्षीहरु कसै संग पनि जनतासंग जाने हिम्मत छैन : देवेन्द्र दाहाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

निर्वाचनको विरोध गर्ने विपक्षीहरु कसै संग पनि जनतासंग जाने हिम्मत छैन : देवेन्द्र दाहाल

काठमाडौँ । राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले पहिलो पटक विघटित प्रतिनिधिसभा पुनस्र्थापना पछि पनि सरकारले केही काम गर्न नसकेकाले निर्वाचनमा जानुनै सही निर्णय भएको बताएका छन् ।

सोमबारको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य दाहालले पहिलो पटक विघटित प्रतिनिधिसभा पुनस्र्थापना पछि पनि केही काम गर्न नसकेकाले वर्तमान अवस्थामा निर्वाचनमा जानु नै सही निर्णय भएको जिकिर गरेका छन् । उनले निर्वाचनको विरोध गर्ने विपक्षीहरु कसै संग पनि जनतासंग जाने हिम्मत नभएको दाबी गर्दे “विपक्षीहरु कसै संग पनि जनतासंग जाने हिम्मत नभएका बताए।

उनले संसदीय अभ्यासको नाम गैह्र संबैधानिक अभ्यासहरु देखिएको तथा अनधिकृत र असंसदीय अभ्यास सुरु भएको दाबी गरेका छन् ।

उनले निर्लज्ज ढंगले विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाई दिनुपर्यो भन्दै नसुहाउँदो ढंगले नेकपाका वरिष्ठ नेताहरु हस्ताक्षर सहित राष्ट्रपति कार्यालय र सर्वोच्च अदालतमा लाईन लागेको टिप्पणी समेत गरेका छन् । सरकारले कोभिड दोश्रो लहरको समयमा अत्याधिक आवश्यक परेको अक्सिजन उपलब्धता र खोप आयातमा सरकारले निकै राम्रो काम गरेको दाबी गरेका छन् ।

उनले विपक्षी दलहरुले सरकारले गरेका राम्रा काम देख्न नसकेको टिप्पणी गरेका छन् । संसदीय प्रणालीमा राष्ट्रियसभा मात्रै अपुर्ण हुने भएकाले प्रतिनिधिसभा विना राष्ट्रियसभाले कुनै पनि ऐन बनाउन नसक्ने उनको तर्क रहेको छ । बाढी पहिरोबाट मुलुकका विभिन्न स्थानमा ठूलो जनधनको क्षति भएको भन्दै सरकारलाई राहत व्यवस्थापन गर्न माग समेत गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);