राष्ट्रपति भण्डारीद्धारा राष्ट्रियसभालाई संवोधन गर्ने इच्छा व्यक्त | ईमाउण्टेन समाचार

Our Network

असोज ५ २०८३, मंगलबार

राष्ट्रपति भण्डारीद्धारा राष्ट्रियसभालाई संवोधन गर्ने इच्छा व्यक्त

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको बैठकलाई सम्वोधन गर्ने इच्छा व्यक्त गरेकी छन् ।आइतबारको राष्ट्रियसभाको बैठकमा राष्ट्रपतिले सहभागिता जनाउनुको साथै संवोधन गर्ने इच्छा व्यक्त गरेकी हुन्।

विहीबार बसेको राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठलाई संवोधन गर्दे राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आइतबार वा सोमबारको राष्ट्रिय सभामा राष्ट्रपतिको सहभागि रहनुको साथै संवोधन गर्ने जानकारी दिए ।

तर, राष्ट्रियसभाको बैठकलाई राष्ट्रपतिले सम्वोधन गर्ने संसदीय परम्परा नरहेको संसद सचिवालयका कर्मचारीहरुले बताएका छन् । यसैबीच, आज हुन लागेको राष्ट्रिसभाको बैठकको सुरुमै गृह तथा अर्थमन्त्री विष्णु पौडेलले संवोधन गर्ने भएका छन् । राष्ट्रियसभाको आठौं अधिवेशन आज अपरान्ह ४ बजेबाट शुरु हुने छ ।

Leave a Reply