काठमाडाैं । राष्ट्रिय योजना आयोगका सदस्य तथा प्रवक्ता मिनबहादुर शाहीले कालीगण्डकी–तिनाउ बहुउद्देश्यीय डाइभर्सन आयोजनालाई रोक्नु नहुने बताएको छ ।
गत शनिवार अर्थमन्त्री विष्णु पौडेलले बुटवलमा आयोजनाको फिल्ड कार्यालय उद्घाटन गरेपछि गण्डकी र लुम्बिनी प्रदेश सरकारबीच विवाद देखिएको बेला राष्ट्रिय योजना आयोगका सदस्य शाहीले उक्त आयोजना रोक्नु नहुने बताएको हो ।
विकासका लागि यो आयोजनाले टेवा पु¥याउने उनको भनाइ छ । कालीगण्डकी सुकाएर प्राकृतिक विनास गर्ने भन्दै गण्डकी प्रदेश सरकारले आयोजनाको विरोध गरेको छ ।
कालीगण्डकी–तिनाउ बहुउद्देश्यीय डाइभर्सन आयोजना विद्युत् उत्पादनमा ६४ अर्ब रुपैयाँ र सिँचाइ तथा सिञ्चित क्षेत्र विकासमा ७४ अर्ब रुपैयाँ गरी कुल एक खर्ब ३८ अर्ब रुपैयाँको लागत अनुमान रहेको छ ।