संविधान र लोकतन्त्रका लागि केपी ओली घातक भएको प्रचण्डको टिप्पणी | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

संविधान र लोकतन्त्रका लागि केपी ओली घातक भएको प्रचण्डको टिप्पणी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली प्रवृत्तिलाई परास्त गर्न विपक्षी गठबन्धन आवस्यक भएको बताएका छन् । बुधबार नागरिक समाजका प्रतिनिधिहरुसँग भएको साक्षात्कारमा बोल्दै ओली प्रवृतिलाई परास्त पार्नकै लागि गठबन्धन आवस्यक रहेको बताएका हुन् ।

प्रचण्डले राष्ट्र, लोकतन्त्र र संविधानको निम्ति ओली प्रवृत्ति निकै घातक भएको टिप्पणी समेत गरे । आफूहरुको गठबन्धन संविधानको रक्षाका लागि भएको भन्दै अहिलेको मुख्य समस्या ओली प्रवृत्ति भएकाले हाम्रो कार्यगत कायम हुनु आवस्यक रहेको तर्क गरे ।

अध्यक्ष प्रचण्डले नागरिक समाजका प्रतिनिधिहरुले उठाएका प्रश्नमाथि गठबन्धनको आउने बैठकमा थप छलफल गर्ने प्रतिक्रिया दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);