काठमाडौं । बुधबार सुनको मूल्य ६ सयले घटेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि सुनको मूल्य प्रतितोला ९० हजार रुपैँया कायम गरिएको छ । मंगलबार सुन प्रतितोला ९० हजार ६ सयमा कारोबार भएको थियो ।
यस्तै, चाँदीकाे मूल्यमा पनि १० रुपैँयाले घटेकाे छ । आज चाँदी १० रुपैँयाले घटेर एक हजार २ सय ९० मा कारोबार भईरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी एक हजार ३ सय रुपैँयामा कारोबार भएको थियो ।