वाम एकता चुनावी गठबन्धन मात्र होइन नआत्तिनुहोस् : नेता ज्ञवाली | ईमाउण्टेन समाचार

Our Network

फागुन ७ २०८२, शुक्रबार

काठमाण्डौँ, ६ कार्तिक । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले वाम तालमेलबाट नआत्तिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

प्रचार विभाग र प्रेस चौतारी नेपाल गुल्मीले सोमबार सदरमुकाम तम्घासमा अयोजना गरेको पत्रकार भेटघाट उनले यस्तो आग्रह गरेका हुन् ।
प्रधानमन्त्री देउवाले वाम गठबन्धनको सम्बन्धमा पछिल्लो समय विभिन्न टिका टिप्पणी गर्दै आएका छन् । सोही सन्दर्भमा नेता ज्ञवालीले यस्तो आग्रह गरेका हुन् ।

उने भने– उहाँलाई म आग्रह र स्पष्ट पार्न चाहान्छु, यो चुनावी गठबन्धन मात्र नभएर पार्टी एकीकरणको काम शुरु भएको छ।’

नेता ज्ञवालीले एउटै वामपन्थीहरूको पार्टी निर्माण गर्ने तयारी भैरहेकाले वाम एकताबाट कुनै पनि शक्ति अतालिनु पर्ने कारण नभएको स्पष्ट पारे ।