२४ घण्टामा ३ हजार ७ जना कोरोना जित्न सफल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

२४ घण्टामा ३ हजार ७ जना कोरोना जित्न सफल

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७ ले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा हुने ३ हजार ७ संक्रमण मुक्त भएका हुन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या पाँच लाख ८४ हजार ३ सय ३४ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ९ सय २० मा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएका ९ हजार ८ सय ३६ पीसीआर परीक्षणमध्ये जम्मा १ हजार ९ सय २० मा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा ३४ संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ९ हजार ९ ले संक्रमणका कारण ज्यान गुमाईसकेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);