एमफिल र विद्यावारिधी पीएचडीको पढाई निशुल्क गर्न विधार्थीको माग | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८३, मंगलबार

एमफिल र विद्यावारिधी पीएचडीको पढाई निशुल्क गर्न विधार्थीको माग

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयमा एमफिल र विद्यावारिधी पीएचडीको पढाई निशुल्क गर्न माग गर्दै विद्यार्थीहरुले उपकुलपतिको कार्यालय अगाडि प्रदर्शन गरेका छन् । त्रिवि विद्यार्थी संघर्ष समितिले आइतबार कीर्तिपुरस्थित विश्वविद्यालय परिसरमा राज्यको लगानीमा उच्च शिक्षा सुनिश्चित हुनुपर्ने माग गर्दे उपकुलपति कार्यालय अगाडि धर्ना तथा प्रदर्शन गरेका हुन् ।

उनीहरुले एमफिल र पीएचडीको पढाईलाई वैज्ञानिक र नियमित बनाउन भन्दै ग्राजुएट स्कुल अफ सोसल साइन्सको समेत माग गरे । उनीहरुले निजी शैक्षिक संस्थामा जाने अवस्था नबनाउन र विश्वविद्यालयलाई राजनीतिको अखडाबाट मुक्त बनाउन समेत माग गरेका छन् । सरकारको पहलमा आफूहरुको माग अविलम्ब पुरा गर्नुपर्ने भन्दै उनीहरुले दवावस्वरुप उक्त कार्यक्रको आयोजना गरेको बताए ।

Leave a Reply

ताजा समाचार